काठमाडौं, साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

भारतले लगातार दुई जित संगै समूह बी को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो। भारतले समूह चरणमा दुई खेलमा ६ अंक जोड्यो। माल्दिभ्स भने दुई खेलमा पराजित भएपछि अंकविहिन भएर समूह चरणबाट बाहिरियो।
खेलको इन्जुरी टाइमको पाँचौ मिनेटमा भारतका मंग्लेनथाङ किपगेनले निर्णायक गोल गरे। यससँगै भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ए बाट घरेलु टोली नेपाल र बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाइसकेका छन्। नेपालले दुई खेल जित्दै समूह ए को विजेता बन्ने क्रममा बंगलादेश उपविजेता बनेको हो।
अब, नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्नेछ भने भारतले सेमिफाइनलमा समूह ए को उपविजेता बंगलादेशसँग खेल्नेछ।