कैलाली, कैलालीको कैलारी गाउँपालिकामा सुर्मी नालाबाट आएको बाढीले स्थानीयहरूलाई ठूलो क्षति पुर्याएको छ।

बाढीले डगौरा र चौधरी परिवारसहित कैयौं घरहरू भत्काएको छ। प्रभावितहरूले अन्नपात, लुगाफाटो लगायतका सामान गुमाएका छन्। कतिपयले सडक छेउमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन्।
प्रभावितहरूले सरकारी निकायबाट कुनै राहत नपाएको गुनासो गरेका छन्। गाउँपालिका अध्यक्षले हुलाकी सडक निर्माणले पानी निकासमा समस्या उत्पन्न भएको र दीर्घकालीन समाधान आवश्यक भएको बताए। हालसम्म कैलालीमा १५०० भन्दा बढी घर डुबानमा परेका छन्।