SAFF U 20 Championship Nepal beat Bangladesh 2 1 to win the group

काठमाडौं, साफ यु-२० च्याम्पियनसिपअन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराउँदै समूह विजेता बनेको छ।

SAFF U 20 Championship Nepal beat Bangladesh 2 1 to win the group

नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो, जहाँ नेपालले पहिलो २० मिनेटभित्रै दुई गोल गर्यो। बंगलादेशले भने पहिलो हाफमा पेनाल्टीमार्फत एक गोल फर्कायो।

SAFF U 20 Championship Nepal beat Bangladesh 2 1 to win the group 1

नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले यो खेल जित्नैपर्ने अवस्था रहेको बताएका छन्। उनले भने, ‘उनीहरूलाई बराबरी पनि पर्याप्त थियो, त्यसैले हामीले गोल गरेपछि उनीहरूले थप आक्रमण गरे र दबाब दिए। लामो बलमा हामीलाई केही समस्या भयो। दोस्रो हाफमा भने मिडफिल्डमा नियन्त्रण कायम गरेर खेल्यौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *