काठमाडौं, भारतको आन्ध्र प्रदेशको अनकापल्ले जिल्लास्थित एसेन्सिया एडभान्स साइन्स प्रालिमा बुधबार भएको रिएक्टर विस्फोटमा भवनको एक भाग पूर्ण रूपमा ध्वस्त भएको छ।
आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुगेको जानकारी दिएका छन्। यसअघि, अनकापल्ले जिल्लाका कलेक्टर विजय कृष्णनले बीबीसी तेलुगुसँग कुरा गर्दै १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।
यस दुर्घटनामा ठूलो संख्यामा मानिसहरू घाइते भएका छन्, र दुर्घटनाको गम्भीरतालाई हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।