काठमाडौं, काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। आज बिहान चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकै रहेको एक घरको आँगनमा शंकास्पद वस्तु भेटिएको हो।

प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोलीले बिहान ८ बजे प्रेसर कुकर बम जस्तो देखिने वस्तु फेला परेको खबर पाएपछि घटनास्थलमा पुगेको छ। उनले भने, “झोलाभित्र प्रेसर कुकर जस्तो देखिने वस्तु भेटिएको छ, र हामीले सबै नागरिकलाई सुरक्षित स्थानमा जान भनेका छौं।”
नेपाली सेनाको डिस्पोजल टोलीले घटनास्थलमा पुगेर उक्त शंकास्पद वस्तुलाई निष्क्रिय गरेको छ। प्रहरी निरीक्षक आचार्यले शंकास्पद वस्तुको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उक्त स्थान चन्द्रागिरि-१२ को वडा कार्यालय नजिकै रहेको छ।
