काठमाडौँ, चेल्सीलाई हराउँदै, म्यानचेष्टर सिटीले इंग्लिश प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो।

सिटीको जितमा एर्लिङ हालान्ड र माटियो कोभाचिचले १-१ गोल गरे। हालान्डले खेलको १८ औँ मिनेटमा पहिलो हाफमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोल हालान्डको सिटीको लागि १०० औँ खेलको अवसरमा आएको हो, र उनले तीन सिजनको सुरुवातमा सिटीका लागि पहिलो गोल गरेका छन्।
सन् २०२२ मा सिटीमा समावेश भएका हालान्डले अहिले सम्म टोलीको लागि ९१ गोल गरिसकेका छन्।
पहिलो हाफमा १-० को अग्रता बनाएपछि, सिटीले दोस्रो हाफको अन्तिम समयमा कोभाचिचको गोलबाट २-० को निर्णायक अग्रता थप्यो।
चेल्सीले नयाँ सिजनको लागि ११ खेलाडी अनुबन्ध गरेका थिए, तर हारको सामना गर्दै सिजनको प्रारम्भ गरे।
सिटीको जितसँगै तालिकामा ३ अंक जोडियो।
गएराति भएको अर्को खेलमा, ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हरायो।