araniko higway 1 5

काठमाडौं, देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सामान्यतया उत्तरतर्फ र पश्चिममा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

araniko higway 1 5

आज दिउँसो देशभर सामान्य बदली रहनेछ र सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले, ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, तथा भूक्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *