Indian Foreign Secretary Vikram Mishri is visiting Nepal todayIndian Foreign Secretary Vikram Mishri

काठमाडौं, भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौँ आउने भएका छन्। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल भ्रमण गर्न लागेका हुन्।

Indian Foreign Secretary Vikram Mishri is visiting Nepal today

विदेश सचिवको रूपमा नियुक्त भएपछि छिमेकी मुलुक भ्रमण गर्ने परम्पराअनुसार मिश्री नेपाल आउन लागेका हुन्। उनी यही असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल भ्रमणका क्रममा मिश्रीले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा कुराकानी गर्ने कार्यक्रम तय गरिएको छ।

मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कनेछन्, परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *