काठमाडौँ, विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालले पुनरावेदनको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन्। उनले पक्राउपछि बिरामी भएको भन्दै पुनरावेदनको निवेदन पेश गरेका हुन्।

विशेष अदालतले शर्मा र अन्य दोषीहरूलाई २०८० असारमा ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो। शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरिएको थियो। अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबी गरेको थियो।
पूर्वमहानिर्देशक शर्मासहितका दोषीहरूले सरकारलाई ठूलो मात्राको राजस्व चुहावट गरेको आरोपमा आयोगमा उजुरी परेको थियो। आयोगले छानबिन गर्दा शर्माले करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेको अवस्थामा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी सम्झौतामा आधारित गरी कर छुट दिएका थिए, जसबाट राज्य कोषको दुरुपयोग भएको जनाइएको थियो।

