काठमाडौं, न्याय परिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा बढुवा गरेको छ।

परिषदको शुक्रबारको बैठकले ३५ जिल्लाका न्यायाधीशहरूको नाम पनि सिफारिस गरेको छ। बागचन्द हाल उच्च अदालत वीरगञ्जको अस्थायी इजलासमा कार्यरत छन्। सिफारिस अनुसार, प्रधानन्यायाधीशले उनलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।

