Under my leadership, the authority earned 82 billion profit. - Kulman GhisingUnder my leadership, the authority earned 82 billion profit. - Kulman Ghising

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले ८ वर्षमा करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सफल भएको जनाएको छ। आठ वर्षअघि प्राधिकरणको ३४ अर्ब ६१ करोड रुपैयाको घाटा अहिले ४७ अर्ब ४१ करोड रुपैयाको नाफामा बदलिएको छ।

Truth and Reconciliation Commission Act 2

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण र यसका सहायक तथा सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी भएको जानकारी दिएका छन्।

घिसिङका अनुसार, प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँमा पुगेको छ, र यसको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँबाट हाल ६ खर्ब ३२ अर्ब रुपैयाँमा वृद्धि भएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको र यसले सम्पत्तिमा थप वृद्धि हुने संकेत गरेको छ। देशभरका जग्गाहरूको यकिन गरी प्राधिकरणले करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान गरेको छ। गत वर्ष, काठमाडौं उपत्यकामा करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको पनि घिसिङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *