Profit of Kalika Microfinance increased by 134 percentProfit of Kalika Microfinance increased by 134 percent

काठमाडौं, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, समीक्षा अवधिमा संस्थाको खुद नाफा उल्लेखनीय रूपमा बढेको छ।

Profit of Kalika Microfinance increased by 134 percent

असार मसान्तसम्म, कालिका लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिमा खुद नाफा २ करोड ६९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा, संस्थाको खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन नाफा १.५५ प्रतिशतले बढेको छ। ब्याज आम्दानी सामान्य मात्रामा वृद्धि भए पनि, इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा वृद्धि भएको हो।

यो अवधिमा, लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।

नाफासँगै, संस्थाको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ, जुन समीक्षा अवधिमा १६ रुपैयाँ ९५ पैसा पुगेको छ। असार मसान्तसम्म, संस्थाको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा रहेको छ। साथै, संस्थाको खराब कर्जा घटेर ३.७९ प्रतिशतमा पुगेको छ, अघिल्लो आर्थिक वर्षमा खराब कर्जा ४.८५ प्रतिशत थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *