Public holiday in Province 1 and Karnali Province todayPublic holiday in Province 1 and Karnali Province today

काठमाडौं। प्रदेश १ र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ। प्रदेश १ ले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो।

Public holiday in Province 1 and Karnali Province today

प्रदेश १ सरकारको बिहीबारको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा एक दिने सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए।

त्यस्तै, कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशका सबै सरकारी र सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *