काठमाडौं, बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकार गठन गरिएको छ। युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् र १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। यसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद समावेश छन्, साथै पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि रहेका छन्।

विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार ढाका पुगेका थिए। सरकारी रोजगारीमा रहेका कोटाविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएकोले तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिँदै देश छोड्नुभयो। त्यसपछि, सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार गठनको घोषणा गरे।
तर, विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अघि सारे। संसद भंग गर्न माग गर्दै राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफलपछि संसद भंग गरी युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउने निर्णय गरेका थिए।