Mohammad Yunus to head the interim governmentMohammad Yunus to head the interim government

काठमाडौं, बंगलादेशमा राजनीतिक अस्थिरता कायम रहँदा, मंगलबार राति अन्तरिम सरकारको प्रमुखको रूपमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई नियुक्त गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरे।

Mohammad Yunus to head the interim government

प्रेस सचिवका अनुसार, राष्ट्रपति र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरू बीचको भेटमा अन्तरिम सरकार गठन गर्ने निर्णय गरिएको हो। उक्त बैठकमा तीनै सेनाका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

अन्तरिम सरकारका अन्य सदस्यहरूको नियुक्ति विभिन्न राजनीतिक दलहरूसँगको छलफलपछि टुङ्गो लगाइने प्रेस सचिवले जानकारी दिए। युनुस हाल देशबाहिर रहेका छन्, तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन्। युनुसले २००६ मा ग्रामीण बैंकमार्फत गरिबीविरुद्धको अभियानका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *