काठमाडौँ, स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १ हजार ७२५ रुपैयाँ छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ थियो।