काठमाडौँ, आज (मंगलबार) बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा केही नदीहरूको बहाव बढ्ने र आकस्मिक बहावको उच्च जोखिम रहेको बताइएको छ।
यसका साथै महाशाखाले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
यस्तै, अन्य ५१ जिल्लामा पनि बाढीको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दैलेख, अछाम, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा पनि केही नदीहरूको बहाव बढ्ने र आकस्मिक बहावको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

