Nepal beats Maldives in Kava Women's Nations League, will play Iran in semi-finalsNepal beats Maldives in Kava Women's Nations League, will play Iran in semi-finals

काठमाडौं, काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

nepal vs maldibs 1

आजको जितसँगै नेपालको सेमिफाइनलमा इरानसँगको भिडन्त निश्चित भएको छ।

दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५–१९, र २५–१८ को स्कोरमा जित हासिल गर्‍यो।

पहिलो सेटमा नेपालले निरन्तर दबाब कायम राख्दै सहज जित हात पारेको थियो। दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दिएको थियो। सो सेटमा माल्दिभ्सले ५–५ को बराबरी गरेर नेपाललाई चुनौती दिएको थियो। दोस्रो सेटमा १३–१३ को बराबरीमा पुग्नका बावजूद, नेपालले १५–१३ को स्थितिमा पिछड्न पुगेको थियो। त्यसपछि नेपालले निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठलाई मैदानमा उतार्दा, नेपालले १८–१८ को बराबरीमा पुगेर खेललाई नियन्त्रणमा लियो र लगातार अग्रता बनाउँदै जित हासिल गर्‍यो।

तेस्रो सेटको सुरुमा माल्दिभ्सले केही प्रतिस्पर्धा गरेपनि, नेपालले पछि अगाडि बढ्दै जित सुनिश्चित गर्‍यो।

सेमिफाइनल खेल मंगलबार हुनेछ। पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच र दोस्रो सेमिफाइनल ५:१५ बजे नेपाल र इरानबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *