tu

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा सार्वजनिक गरेको छ। यो नतिजा साउन ९ गते सम्पन्न मानविकी र सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा सम्बन्धी हो।

tu

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, परीक्षा सकिएको चौथो दिन अर्थात् साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरिएको थियो र शनिबारमा पूरा गरिएको छ। साउन १३ गते अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक गरिएको थियो। शनिबार भने राजनीतिशास्त्र विषयको नतिजा जारी गरिएको छ। यस परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए।

त्रिविले सामान्यतया परीक्षा सम्पन्न भइसकेको लामो समयपछि नतिजा सार्वजनिक गर्ने परिप्रेक्ष्यमा आलोचना भोग्दै आएको थियो। यति छोटो समयमा नतिजा सार्वजनिक गर्नु त्रिविको इतिहासमा पहिलो पटक भएको दाबी गरिएको छ।

परीक्षा नियन्त्रक जोशीले भने, “स्रोतसाधनले भ्याएसम्म परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कामलाई छिट्टै गर्दै छौँ। अन्य विषयका नतिजा पनि चाँडै प्रकाशित गर्ने तयारीमा छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *