Untitled design 40

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा नेताहरूको बोल्ने क्रम समाप्त भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम सम्पन्न भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।

Untitled design 40

गजुरेलका अनुसार नेताहरूले उठाएका प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिनेछन्। बैठकमा बोल्ने सबै नेताहरूले पार्टी लामो समय सत्तामा केन्द्रित हुँदा बिग्रिएको निष्कर्ष निकाल्दै प्रतिपक्षको भूमिका पाउनु अवसर भएको धारणा व्यक्त गरेका थिए। नेताहरूको आचरण, जीवनशैली, र जनसम्बन्ध सुधारका लागि यो अवसरको उपयोग गर्नुपर्नेमा सबै नेताहरूको जोड रहेको गजुरेलले बताए।

‘नकारात्मक रूपमा भन्नुपर्दा माओवादीका लागि जनतामा जाने अवसर प्राप्त भएको छ। एकजुट भएर विचारको बहस र पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्। सबैको धारणा पछिल्लो राजनीतिक अवस्था र आगामी योजनामै केन्द्रित रहेर प्रश्न आएका छन्। यसको जवाफ अध्यक्षले मंगलबार दिनुहुन्छ,’ गजुरेलले भने।

करिब १० वर्षपछि प्रतिपक्षमा पुगेको माओवादीको बैठकमा पहिलोपटक सबै पदाधिकारीले आ–आफ्ना धारणा राखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *