गगन थापा

काठमाडौं, माघ ९ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक परिवर्तन भइसकेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस अब नयाँ सोच र दिशासहित अघि बढेको स्पष्ट पारे।

Gagan Kumar Thapa

सभापति थापाका अनुसार बैठकको माइनटमै कांग्रेस परिवर्तन भएको र अब देश परिवर्तन गर्ने स्पष्ट संकल्प व्यक्त गरिएको छ। उनले पार्टीको यात्रालाई नयाँ चरणमा प्रवेश गराइएको उल्लेख गरे।

बैठकको माइनटमा सभापति थापाले लेखेका छन्,
“बदल्यौं कांग्रेस, बदल्छौं देश। यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी। हाम्रो केवल एक ध्येय छ—देशको सन्तुलन।”

Gagan Thapa Small size

उनले पार्टी संगठनलाई सुदृढ गर्दै राष्ट्रिय आवश्यकताअनुसार जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्ने कांग्रेसको लक्ष्य रहेको बताए। नेतृत्वको यो अभिव्यक्तिलाई कांग्रेसको आगामी राजनीतिक रणनीतिका रूपमा हेरिएको छ।

पार्टीभित्र देखिएको यो परिवर्तनले सरकार, संसद् र सडक—तीनै तहमा कांग्रेसको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *