Untitled design 7

काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।

Untitled design 7

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, तथा भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना छ।

आइतबार कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *