हर्क साम्पाङ

धरान, माघ ५ गते । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङले पदबाट बाहिरिँदै गर्दा प्रयोगमा रहेको मोटरसाइकलको चाबी फिर्ता गरेका छन्।

साथै, उनले बोर्डको खातामा २ करोड १५ लाख ३१ हजार ८ सय २५ रुपैयाँ मौज्दात रहेको अवस्था छाडेर जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

हर्क साम्पाङ

बोर्डको स्रोतका अनुसार हर्क साम्पाङले आफ्नो कार्यकालमा खानेपानी व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउने प्रयास गरेका थिए। पद छोड्ने क्रममा सरकारी सम्पत्ति र आर्थिक विवरण स्पष्ट रूपमा बुझाइनु सकारात्मक उदाहरण भएको बताइएको छ।

स्थानीयवासीहरूले पनि आर्थिक अनुशासन र इमान्दारिताको उदाहरण प्रस्तुत गरेको भन्दै उनको कदमको प्रशंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *