current

रामपुर (पाल्पा), माघ ४ गते । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

current

निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत, निस्दी–४ खोप्लाकका ३५ वर्षीय लालबहादुर खन्गाहाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो गाउँपालिका कार्यालय नजिकै रहेको वायु ऊर्जाको विद्युत् लाइन मर्मत गर्ने क्रममा पोलमा चढेका खन्गाहालाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु अस्पताल पठाइएको थियो।

उपचारकै क्रममा आइतबार अपराह्न करिब ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो।

प्रहरीका अनुसार करेन्ट लागेपछि खन्गाहा पोलबाट करिब १० मिटर तल खसेका थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक खन्गाहा गाउँपालिकाको कार्यालय सहयोगीको रूपमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *