चितवन, नारायणगढ-मुग्लिन सडकको सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा ती बस त्रिशूली नदीमा खसेका छन्। यी बसहरूमा चालकसहित ६३ जना रहेको अनुमान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, आज बिहान ३:३० बजे घटना भएको हो। काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन्।
प्रारम्भिक जानकारीअनुसार, गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार थिए। यादवले भने, “हामी घटनास्थलमा छौं। पानी परिरहेको छ र उद्धारको काम थालिएको छ। पहिरो हटाउने कार्य सुरु गरिएको छ। यकिन विवरण भने अझै प्राप्त भएको छैन।”