कास्की, कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुरिंदा सातजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

पोखरा-१९ पुरनचौरमा पहिरो गएपछि सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। उनले दुईजनालाई घाइते अवस्थामा उद्धार गरिएको पनि बताएका छन्। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी रहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।