काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो । 

chaite dhan kailali2105205626512126589

गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१०  र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो ।  यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको थियो । 

यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *