काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।

img 20250807 1853166475927424229532405

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो ।

यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ ।

नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो ।

फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *