Untitled design 25

काठमाडौँ, इङ्गल्यान्डले लगातार दोस्रो पटक युरो कपको फाइनलमा स्थान बनाएको छ। गएराति सिग्नल इडुना पार्कमा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो।

Untitled design 25

खेलको सातौँ मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिएको थियो, जब जावी सिमोन्सले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भयो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। यस जितसँगै, इङ्गल्यान्ड अब आगामी सोमबार उपाधिका लागि स्पेनको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *