Untitled design 24

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

Untitled design 24

महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै मनसुन न्यूनचापीय प्रणाली नेपालतर्फ सरेकाले उच्च सतर्कता अपनाउन भनेको हो। मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ। उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ। भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ।

यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए।

महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ।

उच्च जोखिममा परेका जिल्ला:

  • कोशी प्रदेश: ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर।
  • मधेश प्रदेश: सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी।
  • बागमती प्रदेश: मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली, रसुवा।
  • गण्डकी प्रदेश: म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ, गोर्खा।
  • लुम्बिनी प्रदेश: कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ।

मध्यम जोखिममा परेका जिल्ला:

  • कोशी प्रदेश: ओखलढुंगा।
  • बागमती प्रदेश: रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट।
  • गण्डकी प्रदेश: मनाङ, मुस्ताङ।
  • लुम्बिनी प्रदेश: बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची।
  • कर्णाली प्रदेश: दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट।
  • सुदूरपश्चिम प्रदेश: कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बैतडी।

न्यून जोखिममा परेका जिल्ला:

  • कर्णाली प्रदेश: डोल्पा, कालिकोट, मुगु, जुम्ला, हुम्ला।
  • सुदूरपश्चिम प्रदेश: बाजुरा, दार्चुला, बझाङ।

यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो। सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर फैलिएको थियो।

मनसुन भित्रिएदेखि हालसम्मको अवधिमा देशभर ८१ जनाको मृत्यु भइसकेको छ। यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी, पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *