काठमाडौँ । कांग्रेस पूर्वसांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि दुर्व्यवहार भएको छ । 

img 20250612 2015412304020295323570694

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले थारुमाथि बिहीबार अदालतमै कालोमोसो दलेका हुन् । दुर्व्यवहारमा संलग्न नेकपा बहुमतका ३ जना कार्यकर्ता पक्राउ परेका प्रहरीले जनाएको छ ।

न्यायाधीश थारु र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आलमलाई जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर सफाइ दिएको थियो । उक्त आदेशपछि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम सोही दिन साँझ छुटेका थिए ।

जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो ।

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *