काठमाडौं । एकसाता अघि भारतमा गिरफ्तारीपछि हत्या गरिएका भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजुसहित २८ जना क्रान्तिकारी नेता तथा कार्यकर्ताको हत्याको विरोधमा आज काठमाडौंमा विचार गोष्ठी आयोजना गरिएको छ ।

img 20250604 1101127563719927151115928

विचार गोष्ठीमा बोल्ने सबै वक्ताहरुले उनीहरुको गिरफ्तारीपछि नृसंस हत्या गरिएको भन्दै भारतीय अतिहिन्दूवादी मोदी सरकारको गलत रवैयाप्रति कडा विरोध जनाए । नेकपा (बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा गरिएको सो विचार गोष्ठीमा प्रमुख वक्ता तथा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तेलाले भारतीय माओवादी पार्टीका महासचिव बसवराजुको हत्याको निन्दा गरे ।

विचार गोष्ठीका अर्का मुख्य वक्ता तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले भाकपा माओवादीका महासचिव लगायत २८ जनाको गिरफ्तार गरी नृसंस हत्या गरिएको भन्दै घटनाको निन्दा गरे । महासचिव आहुतिले सन् १९७२ पछि भारतमा २ जना महासचिव तहका माओवादी नेताको हत्या भएको बताए ।

जल, जमिन र खनिज प्रसस्त भएको भारतको छत्तिसगढ, उडिसा र झारखण्ड लगायतका इलाकाहरुमा फैलिएको माओवादी जनयुद्ध दबाउन र ती स्रोतहरु भारतीय माफीया समूहहरुलाई लुटाएर कमिसन खान मोदी सरकारले त्यहाँका माओवादीहरुमाथि दमन चलाएको आहुतिको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *