काठमाडौं । सरकार र शिक्षकमहासङ्घ बिचको वार्ता आज पनि टुंगिन सकेन । राति साढे १० बजे वार्ता सकिएपछि पत्रकारलाई छल्दै शिक्षक नेताहरू पछिको ढोकाबाट निस्किए ।

img 20250430 0720332390939059003184852
शिक्षक महासङ्घ नेपाल

महासंघका एक पदाधिकारीका अनुसार शिक्षक आन्दोलनका मागहरु भोल मन्त्रिपरिषदले निर्णय गरेमा सकारात्मक वातावरण बन्ने बताउनु भयो । त्यसो भएमा कक्षा १२ को परीक्षामा शिक्षकहरू सहभागी हुन सक्ने उहाले जानकारी दिनुभयो ।

‘मन्त्रिपरिषदले पूरा गर्न सक्ने मागहरूमा भोलि नै निर्णय हुनुपर्छ भनेका छौं । त्यो भएमा १२ को परीक्षा सञ्चालन हुन सक्छ । तर सबै माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन’, ती पदाधिकारीले भने ।

उक्त वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री बिष्णु पौडेल पनि केहीबेर सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *