काठमाडौं: चैत १८ गते । मुक्कुमलुङ संघर्ष समितिले यही चैत २५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । एशियन हाई वेबाट उत्तरी खण्ड, मेचि हाई वे, तम्मर करिडोर, धनकुटे रोडलगायत सबै सडक बन्द गर्ने समितिले जनाएको हो ।
समितिले भनेको छ “मुक्कुमलुङ संस्कृति, सम्पदा, सभ्यता र मुन्धुमीस्थलमाथिको सांस्कृतिक संहार (Cultural Genocide), गोलि काण्ड, राज्यको मानवता विरोधी फुङ्लिङ काण्ड विरुद्द र केबलकार खारेजीको लागि” बन्दको कार्यक्रम हो ।
त्यस्तै उक्त बन्दको आयोजना मुक्कुमलुङ ताङ्से:प चुम्भो र
मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति गरेको पनि जनाएको छ । पटकपटक सरकारसँग वार्ताको सम्बन्धमा कुराकानी भए पनि अहिलेसम्म वार्ताले ठोस परिणाम दिनु सकेको छैन ।
यता हिजो मात्रै सर्बोच्च अदालतले तत्काल केवलकार निर्माणलाई स्थगन गर्न आदेश दिएको छ । सर्बोच्चको अनुसार यहीँ चैत २६ गते दुवै पक्षले आफ्नो कुरा राख्न बोलाएको पनि उल्लेख गरेको छ ।