Untitled design

काठमाडौं, नेपाल सरकारको मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ।

Untitled design

लुइँटेल एक अनुभवी पर्यटन व्यवसायी हुन् र उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको कार्यकालमा २०७८ सालको फागुन महिनामा तारागाँउ विकास समितिको सदस्य सचिवको पदमा नियुक्ति पाएका थिए।

उनले अब चार वर्षका लागि सीईओको जिम्मेवारी सम्हाल्ने छन्। यस अघि पनि उनले तारागाउँ विकास समितिमा सदस्य सचिवको रूपमा दुई कार्यकाल पूरा गरेका छन्। आफ्नो कार्यकालमा, लुइँटेलले हायत रिजेन्सी होटलको सरकारी जग्गा अतिक्रमणको विषयमा अन्वेषण र कारबाही प्रक्रिया अघि बढाएर ध्यान आकर्षित गरेका थिए।

सर्लाही जिल्लाका लुइँटेलले एमबीएससम्मको शिक्षा हासिल गरेका छन् र उनी पहिले पशुपति विकास कोषको कार्यकारी निर्देशकको चयन प्रक्रियामा समावेश भए तापनि अन्तिम चरणमा त्यस पदमा नियुक्ति प्राप्त गर्न सकेनन्।

One thought on “मन्त्रिपरिषद्ले नारद कुमार लुइँटेललाई नेपाल स्टक एक्सचेन्जको सीईओमा नियुक्त गरे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *