Modern Top 10 Shocking Moments Youtube Thumbnail 20250317 095209 0000

काठमाडौं: चैत ४ गते । मुक्कुमलुङ संरक्षण संघर्ष समितिले काठमाडौंको सिंहदरबार घेराउ गर्ने बताएको छ । यहीँ चैत ६ गते काठमाडौ स्थिति सिंहदरबार घेराउ गर्ने समितिका अभियन्त राम मादेनले बताउनु भयो ।

विगत लामो समय देखि ताप्लेजुङको धार्मिक स्थल पाथीभरा/मुक्कुमलुङमा नो केवलकार समूहले विभिन्न चरणको आन्दोलन गर्दै आईरहेको छ । सरकारले पटकपटक वार्तामा बोलाए पनि हालसम्म कुनै निर्णायक वार्ता हुन् सकिरहेको छैन ।

पछिल्लो समय गत मंसिर १० गते ताप्लेजुङको सदरमुकाम फुङलिङमा शान्तिपूर्ण आन्दोलन पछि पुनः विभिन्न चरणको आन्दोलनको घोषणा गरेको अभियन्त मादेनले बताउनु भयो ।

त्यसै आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गते मुक्कुमलुङ संरक्षण संघर्ष समितिले सिंहदरबार घेराउ गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *