confederation of Nepalese industries

काठमाडौं, नेपाल उद्योग परिसंघ (सीएनआई) ले आज अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने घोषणा गरेको छ। सम्मेलनको आयोजनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरम’ ले महत्वपूर्ण भूमिका खेलेको छ।

confederation of Nepalese industries

सम्मेलनको औपचारिक उद्घाटन आज बिहान नौ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा गर्न लागेको छ।

सम्मेलनको मुख्य विषय भनेको ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, र ‘बियोन्ड बाउन्ड्रिज’ रहेको छ। यी विषयमा विभिन्न सत्रगत छलफलहरू आयोजना हुनेछन्।

सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार, यो सम्मेलन महिलाहरूलाई प्रेरणा दिने क्रममा वर्तमान र सफल उदाहरणहरूमा केन्द्रित हुनेछ। साथै, सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने छ र नेपाल सरकारसँग सरोकारवाला निकायहरूले लिने नीतिगत विषयमा छलफल हुनेछ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका विभिन्न क्षेत्रका स्थापित, रूपान्तरणकारी र प्रभावशाली महिला नेताहरूको सहभागिता रहनेछ। सीएनआई महिला नेतृत्व फोरम सभापति छाया शर्माले करिब ५ सय जनाको सहभागिता रहने जानकारी दिइन्।

सीएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनहरूले महिलालाई अगाडि बढ्न र नेतृत्वमा योगदान पुर्याउन मद्दत पुर्याउने बताए।

यसैगरी, सम्मेलनमा ‘मेक इन नेपाल’ अन्तर्गत स्वदेशी वस्तुहरूको प्रदर्शनी पनि आयोजित गरिने सीएनआईले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *