काठमाडौं, आज पनि नेपालका विभिन्न स्थानहरूमा मौसम बदली भएको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम परिवर्तन भएको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली देखिएको छ।
लुम्बिनी प्रदेशसँगै बाँकी पहाडी भू-भागमा पनि आंशिक बदली रहेको छ, जबकि अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
मौसमविद सञ्जिव अधिकारीका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र मेघगर्जन/चट्याङ्गको सम्भावना छ। साथै, यी क्षेत्रका एक–दुई स्थानमा हिमपातको पनि अनुमान गरिएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि बताइएको छ। यस कारणले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्ने संभावना रहेको छ। विभागले सबैलाई सतर्क रहन अनुरोध गरेको छ।