4 new electric vehicles manufactured in India will enter Nepal

काठमाडौं, नेपालको अटोमोबाइल बजारमा विद्युतीय गाडीको माग दिनप्रतिदिन बढिरहेको छ। यसैक्रममा, भारतमा उत्पादन भएका ४ नयाँ विद्युतीय गाडीहरू नेपाली बजारमा छिट्टै भित्रिने भएका छन्।

4 new electric vehicles manufactured in India will enter Nepal

यी गाडीहरू भारतका ठूला ब्रान्डहरूले ‘मास प्रोडक्ट’को रूपमा उत्पादन गरेका हुन्। आगामी फागुनदेखि असोजसम्म ती गाडीहरू नेपालमा आउने सम्भावना छ।

भारतीय ब्रान्डको प्रतिस्पर्धा

चिनियाँ ब्रान्डको विद्युतीय गाडीले नेपाली बजारमा बलियो पकड जमाइरहेका बेला, भारतीय ब्रान्डहरू प्रतिस्पर्धामा सामेल हुन थालेका छन्। टाटा मोटर्सको नेक्सन, टियागो, र पञ्चजस्ता मोडलहरूले पछिल्लो तीन वर्षमा राम्रो बिक्री गरेका छन्। यसैबीच, हुन्डाई, सुजुकी, र महिन्द्राले पनि आफ्नो विद्युतीय गाडीहरू नेपालमा भित्र्याउँदै प्रतिस्पर्धा गर्ने योजना बनाएका छन्।

टाटाको नयाँ मोडल ‘कर्भ’

टाटा मोटर्सले आफ्नो नयाँ विद्युतीय गाडी ‘कर्भ’ नेपालमा ल्याउने तयारी गरेको छ। टाटाको कर्भ ईभीमा दुईवटा ब्याट्रि अप्सन छन्—४५ किलोवाट आवर र ५५ किलोवाट आवर, जसले ४३० देखि ५०० किलोमिटरसम्म रेञ्ज प्रदान गर्छ। यसको प्रारम्भिक मूल्य भारतमा १७ लाख ४९ हजार भारु हुनेछ।

सुजुकीको ई–भिटरा

सुजुकीले आफ्नो पहिलो विद्युतीय गाडी ई–भिटरा सार्वजनिक गर्न लागेको छ। यो गाडी भारतमा उत्पादन गरिनेछ र ५०० किलोमिटरसम्मको रेञ्ज दिन सक्नेछ। यसमा दुईवटा ब्याट्रि अप्सन उपलब्ध छन्—४९ किलोवाट आवर र ६१ किलोवाट आवर। भारतमा यसको मूल्य १७ देखि १८ लाख भारुबीच हुने अनुमान गरिएको छ।

हुन्डाई क्रेटा ईभी

हुन्डाईले फागुन महिनामा आफ्नो क्रेटा ईभी नेपालमा भित्र्याउने तयारी गरेको छ। यो गाडीमा दुईवटा ब्याट्रि अप्सन छन्—४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर, जसले क्रमशः ३९० र ४७३ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ। यसको सुरुवाती मूल्य भारतमा १७ लाख ९९ हजार भारु हुनेछ।

महिन्द्राको बीई ६

महिन्द्राले पनि आफ्नो नयाँ विद्युतीय मोडल बीई ६ नेपालमा ल्याउने तयारी गरेको छ। यो गाडीमा ५०० किलोमिटरसम्मको रेञ्ज दिने क्षमता छ। ७९ किलोवाट आवर र ५९ किलोवाट आवरको दुईवटा ब्याट्रि अप्सनमा उपलब्ध यो गाडीको सुरुवाती मूल्य १८ लाख ९० हजार भारु हुनेछ।

यी गाडीहरू नेपाली बजारमा भित्रिएपछि, विद्युतीय गाडीको प्रतिस्पर्धा अझै तीव्र हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *