काठमाडौं, नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, कुवेती दिनार, बहराइन दिनार, पाउन्ड, र युरोको मूल्यमा वृद्धि भएको छ भने अस्ट्रेलियन डलर लगायत केही मुद्राको मूल्यमा गिरावट आएको छ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा तोकिएको छ। हिजो यो दर क्रमशः १३८ रुपैयाँ १९ पैसा र १३८ रुपैयाँ ७९ पैसा थियो। गएको बुधबार यो दर १३८ रुपैयाँ ३२ पैसा र १३८ रुपैयाँ ९२ पैसा थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।
युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा छ। हिजो यो दर क्रमशः १४२ रुपैयाँ १७ पैसा र १४२ रुपैयाँ ७९ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा छ, जबकि हिजो यो दर क्रमशः १६८ रुपैयाँ ६७ पैसा र १६९ रुपैयाँ ४१ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ। हिजो यो दर ८५ रुपैयाँ ८३ पैसा र ८६ रुपैयाँ २० पैसा थियो।
कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा छ। हिजो यो दर क्रमशः ४४७ रुपैयाँ ८० पैसा र ४४९ रुपैयाँ ७४ पैसा थियो।
बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा छ। हिजो यो दर ३६६ रुपैयाँ ६१ पैसा र ३६८ रुपैयाँ २० पैसा थियो।