काठमाडौं,आईसीसी यू-१९ टी-२० महिला विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग टस हारेको छ।

बंगलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छिन्, जसका कारण नेपालले पहिले ब्याटिङ गर्नेछ।
गत डिसेम्बरमा एसिया कपमा बंगलादेशसँग पराजित भएको नेपाल यसपटक जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।