काठमाडौँ, आज (शुक्रबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि वृद्धि भएको छ। कुवेती दिनार, बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, र युरोको मूल्य पनि वृद्धि भएको देखिएको छ।

आज अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा रहेको छ, जबकि हिजो यो क्रमशः १३७ रुपैयाँ ८९ पैसा र १३८ रुपैयाँ ४९ पैसा थियो। गएको बुधबार अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ ३२ पैसा र १३८ रुपैयाँ ९२ पैसा पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो।
युरोको आजको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा छ। हिजो युरोको मूल्य १४२ रुपैयाँ १२ पैसा र १४२ रुपैयाँ ७४ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङको खरिददर १६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। हिजो यो क्रमशः १६८ रुपैयाँ ६० पैसा र १६९ रुपैयाँ ३४ पैसा थियो।
अस्ट्रेलियन डलरको आजको खरिददर ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २० पैसा छ, जबकि हिजो ८५ रुपैयाँ ५६ पैसा र ८५ रुपैयाँ ९३ पैसा थियो।
कुवेती दिनारको खरिददर ४४७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७४ पैसा छ। हिजो यो क्रमशः ४४६ रुपैयाँ ७७ पैसा र ४४८ रुपैयाँ ७२ पैसा थियो।
बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २० पैसा रहेको छ। हिजो यो क्रमशः ३६५ रुपैयाँ ८१ पैसा र ३६७ रुपैयाँ ४० पैसा थियो।