Nepals mens and womens teams competing in the quarterfinals today in the Kho Kho World Cup

काठमाडौं, भारतमा जारी खो खो विश्वकप अन्तर्गत शुक्रबार नेपालका पुरुष र महिला दुवै टोली क्वार्टरफाइनल खेल्दै छन्। महिला टोली इरानसँग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टोली बंगलादेशसँग भिड्नेछ।

Nepals mens and womens teams competing in the quarterfinals today in the Kho Kho World Cup

नेपाल र इरानको महिला टोलीबीचको खेल अपराह्न ४:४५ बजे सुरु हुनेछ। विजेताले युगाण्डा र न्युजिल्याण्डबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी, नेपाल र बंगलादेशको पुरुष टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। विजेताले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछन्।

नेपालको महिला टोली समूह सी को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो। समूह चरणमा अपराजित रहेको नेपालले भुटान, जर्मनी, श्रीलंका, र बंगलादेशलाई पराजित गरेको थियो। पुरुष टोली भने समूह ए को उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो। समूह चरणमा भारतसँग पराजित भए पनि पेरू, ब्राजिल, र भुटानलाई हराउँदै अगाडि बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *