British Prince Edwards first foreign visit will start from Nepal

काठमाडौं, बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्ने भएका छन्। उनले पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि आगामी ४ फेब्रुअरीमा नेपाल आगमन गर्ने तयारी गरेका हुन्।

British Prince Edwards first foreign visit will start from Nepal

शाही परिवारको आधिकारिक वेबसाइटमा उनीहरूको नेपाल भ्रमणको योजना उल्लेख गरिएको छ, यद्यपि भ्रमणको विस्तृत तालिका भने हालसम्म सार्वजनिक गरिएको छैन।

एडवर्ड र सोफी एसियाली देशहरूको भ्रमणमा निस्कन लागेका छन्, जसको सुरुवात नेपालबाट हुनेछ। यसअघि, २०२४ को अक्टोबरमा, उनीहरूले माल्टाको भ्रमण गरेका थिए।

राजकुमार एडवर्ड र सोफीको नेपाल भ्रमणले बेलायती शाही परिवारको नेपालसँगको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसअघि, २०७२ सालमा बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमण गर्दा बर्दिया, लमजुङ, र पोखरा भ्रमण गरेका थिए।

बेलायत र नेपालको सम्बन्धको सुरुवात सन् १८५२ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट भएको थियो। बेलायतकी महारानी एलिजाबेथले पनि सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन्। यस्तै, राजकुमार चार्ल्स, युवराज्ञी डायना, र राजकुमार फिलिपले पनि नेपाल भ्रमण गरेका थिए।

प्रिन्स एडवर्ड, जो बेलायतकी महारानी एलिजाबेथ द्वितीया र प्रिन्स फिलिपका कान्छा सन्तान हुन्, हाल बेलायती राजगद्दीको उत्तराधिकारी क्रममा १४ औं स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *