काठमाडौँ, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला १६०० रुपैयाँले वृद्धि भएको हो।

यो वृद्धि अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५५ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार भने छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५४ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार, शुक्रबार प्रति तोला १ हजार ८४५ रुपैयाँमा रहेको चाँदी आइतबार बढेर १ हजार ८६० रुपैयाँ पुगेको छ।