काठमाडौँ, माघ ५ गतेदेखि मलेसियामा आयोजना हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई विशेष बिदाइ गरिएको छ। यो बिदाइ कार्यक्रम नेपाल क्रिकेट संघ (क्यान)ले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आयोजना गरेको हो।

काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री चौधरीसँगै क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, महिला सिनियर टिमकी कप्तान र क्यानकी सदस्य इन्दु बर्मा लगायतका अन्य पदाधिकारीहरू उपस्थित थिए। नेपाली टोली शनिबार मलेसियाका लागि प्रस्थान गर्नेछ।