The meeting of Samajwadi Morcha will be held on January 2

काठमाडौं, समाजवादी मोर्चाको बैठक आगामी माघ २ गते बुधबार बस्ने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारका लागि बैठक तय भएको जानकारी दिएका छन्।

The meeting of Samajwadi Morcha will be held on January 2

प्रचण्डले भने, “हामी समाजवादी मोर्चाको बैठक पर्सि माघ २ गते बस्दैछौं।” उनका अनुसार, हिजो र आज बैठकबारे छलफल भएको छ।

प्रचण्डले हिजो र आज सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग यस विषयमा छलफल गरेका थिए। लामो समयदेखि निष्क्रिय रहेको समाजवादी मोर्चा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा), र विप्लव नेतृत्वको नेकपाले ४ असार २०८० मा गठन गरेका थिए।

हाल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल मोर्चामा सक्रिय छैन। बिहीबारको छलफलमा उपेन्द्रलाई मोर्चामा सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो। अध्यक्ष नेपालले उपेन्द्रसँग कुरा गर्ने जिम्मा आफूले लिने बताए। आजको बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

श्रेष्ठसँग अध्यक्षद्वय प्रचण्ड र नेपालको भेटवार्ता सकिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सिंहदरबार पुगे। लिङ्देन भने आफ्नो पार्टीले शनिबार आयोजना गर्न लागेको चियापानको निम्तो दिन पुगेको जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *