Cabinet meeting to solve cooperative problems

काठमाडौँ, कांग्रेस-एमाले गठबन्धन सरकारले समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधित्वका लागि न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) को सीमा बढाउने तयारी गरेको छ।

Cabinet meeting to solve cooperative problems

सरकारले नयाँ कानुनी प्रावधानसँगै राजनीतिक दललाई प्रतिनिधि सभा चुनावमा कम्तीमा पाँच प्रतिशत र प्रदेश सभा चुनावमा तीन प्रतिशत मत ल्याउनुपर्ने नियम लागू गर्ने योजना बनाएको छ। यसले अहिलेको कानुनी प्रावधानमा रहेको तीन प्रतिशत र १.५ प्रतिशतको सीमा बढाउने हो।

विधेयक मस्यौदामा भनिएको छ कि, “समानुपातिक प्रणालीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा पाँच प्रतिशत र प्रदेश सभा सदस्यको निर्वाचनमा कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ।”

गृह मन्त्रालयले विधेयक मस्यौदालाई सहमतिका लागि कानुन, न्याय र संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। प्रारम्भिक मस्यौदामा ‘थ्रेसहोल्ड’ समान राखिएको थियो, तर गृह मन्त्रालयले यसमा संशोधन गर्दै प्रतिशतको सीमा वृद्धि गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *