काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज मंगलबार पनि बस्ने भएको छ। आइतबारदेखि सुरु भएको यो बैठक ललितपुरमा जारी छ।

बैठकमा प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी छ। सोमबार केही सदस्यले आफ्नो धारणा व्यक्त गर्न बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको एमालेले जनाएको छ।
आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठक आज बिहान ११ बजे पुनः सुरु हुनेछ।
