काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेर एक लाख ५२ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा एक लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन। महासंघका अनुसार आज चाँदी तोलामा १८१० रुपैयाँमै कारोबार भइरहेको छ।